डेटा नहुँदा पनि टेलिकमको ‘नमस्ते पे’ बाट भुक्तानी गर्न सकिने



२८ जेठ । ‘ नेपाल टेलिकमले सञ्चालनमा ल्याउन लागेको मोबाइल मनी ‘नमस्ते पे‘ बाट डेटा नभएको अवस्थामा पनि भुक्तानी गर्न सकिने भएको छ ।

शनिबार टेकपाना मिडियाले आयोजना गरेको दूरसञ्चार नीतिगत बहसमा बोल्दै टेलिकमका उपप्रबन्धक रञ्जित लोहियाले नमस्ते पे मा डेटा कनेक्टिभिटी नभएको अवस्थामा यूएसएसडीमार्फत कारोबार गर्न सकिने सुविधा रहेकाे जानकारी दिए ।

हाल नेपालमा सञ्चालित अरू डिजिटल वालेटबाट भुक्तानी सेवा लिन कनेक्टिभिटी अनिवार्य चाहिन्छ । तर नमस्ते पे बाट इन्टरनेट वा डेटा कनेक्टिभिटी नभएको र नेटवर्क कोल्याप्स भएको अवस्थामा पनि भुक्तानी गर्न सकिने फिचर रहेको छ,’ उनले भने ।

हाल परीक्षणकाे क्रममा रहेकाे याे वालेट चाँडै नै व्यावसायिक रुपमा सञ्चालनमा आउन लागेको उनले जानकारी दिए ।

रिचार्जमा दूरसञ्चार सेवा शुल्कलगायतका कर लाग्ने भएकाले मोबाइल मनी सस्तो बनाउन यस्तो विकल्प अगाडि सारिएको हो । त्यसका लागि पहिलो चरणमा कम्पनीले यूएसएसडी च्यानल प्रयोग गर्ने गरी तयारी गरको छ ।

यूएसएसडी अर्थात हामीले मोबाइल ब्यालेन्स हेर्नका लागि प्रयोग गर्ने कोडजस्तै कोड टाइप गरेको भरमा पनि नमस्ते पे बाट कारोबार गर्न सकिने छ । यो भएको खण्डमा फिचर फोन प्रयोग गर्ने प्रयोगकर्ताले पनि सहजै कारोबार गर्न सक्नेछन् ।

सँगै वालेट पनि उपलब्ध हुनेछ । जुन अनलाइन प्रयोगकर्ताका लागि प्रभावकारी हुनेछ । यसमार्फत प्रयोगकर्ताले विभिन्न सेवाको भुक्तानी गर्न सक्नेछन् ।  टेकपाना बाट

टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक

टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे नगरेका विषयमा २४ घण्टाभित्र जवाफ

जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु

जाजरकोट। जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल

नयाँ प्रविधिमा पुराना फिल्म

नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा

 सामाजिक सञ्जालमा हामी