अध्यक्ष ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण



काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकोप्टरले आकस्मिक अवतरण गरेको छ।

नेकपा एमाले रौतहटले ‘चलु गौर,भरूँ गौर’ भन्ने नाराका साथ आयोजना गरेको आमसभालाई सम्बोधन गर्न सोमबार अध्यक्ष ओली सिमृक एयरको हेलिकप्टरबाट प्रस्थान गर्नुभएको थियो । अध्यक्ष ओली चढेको हेलिकप्टर मौसम खराबीका कारण  सिमरा एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो ।

अध्यक्ष ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण भएपछि जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित नेताकार्यकर्ता विमानस्थल पुग्नुभएको छ ।

नेकपा एमाले रौतहट  जिल्ला कमिटिले आयोजना गरेको आमसभामा एक लाख मान्छे उतार्ने योजना रहेको थियो । अध्यक्ष ओली मौसम खराबीका कारण कार्यक्रम स्थल समयमा पुग्न नसक्नुभएको हो। अध्यक्ष  ओलीकाे भाषण सुन्न आएका नेता कार्यकर्ता तथा स्थानीयहरु उहाँलाई अझै कुरेर बसिरहेका छन् ।

कार्यक्रम स्थलमा एमालेका सचिव एवं मधेस प्रदेश इन्चार्ज रघुबिर महासेठ, केन्द्रीय सदस्य अच्युत मैनाली राजकुमार गुप्ता, ज्वाला साह लगायतका नेताहरू पुगिसक्नु भएको छ ।

अध्यक्ष ओली मौसमको खराबीले गर्दा  समयमा  कार्यक्रम स्थल पुग्न नसक्दा जिल्ला, प्रदेश र केन्द्र स्तरका नेताले मन्चमा आफ्नो मन्तव्य दिएर कार्यक्रमलाई अगाडी बढाइ राख्नु भएको छ ।

मौसमको प्रतीक्षामा रहनुभएका ओली हेलिकोप्टर उडन नसकेमा सडक मार्ग हुँदै गौर पुग्ने विषयमा समेत छलफल गरिरहनु भएको  छ ।

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

अमित लामा- अप्ठ्यारोमा नेतृत्वको रक्षा, केन्द्रीय सदस्यको इच्छा

काठमाडौं : ‘जेन-जी विद्रोह’ को नाममा भएको अराजकतापूर्ण गतिविधिपछि देशका प्रायः नेता असुरक्षित

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी