किड्नी सफा गर्न धनियाँ, यस्ताे छ प्रयाेग बिधी



काठमाडौं । किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न  आवश्यक छ । भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ । एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने । काटेको धनियाँलाई राम्रोसँग धुने । एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।

पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने । १० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने । यसरी सेलाएको पानी एक ग्लास पिउने । दिनहुँ यसो गर्नाले किड्नी सधँै सफा र स्वस्थ रहन्छ । किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट गएको यस्तो पेय खाएपछि महसुस गर्न सकिन्छ । किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ध्यान दिन सिजपको ध्यानाकर्षण

काठमाडौं : बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा ख्याल गर्न

आज २०८१ साल पुस २६ गते शुक्रबारको राशिफल

काठमाडौं : आज २०८१ साल पुस २६ गते शुक्रबार तदनुसार सन् २०२५ जनवरी १०

क्यान्सरसँग हारे विवेक, ‘त्याग र समर्पणकी खानी’ सिर्जना एक्लिइन्

काठमाडौं : ब्रेन क्यान्सरसँग जुधिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ। उपचारका क्रममा

यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को प्रदर्शन मिति सर्यो

काठमाडौं : चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको

 सामाजिक सञ्जालमा हामी