लगातार जितको लयमा लुम्बिनी, क्‍वालिफायरमा प्रवेश



२४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा लगातार जितको लयलाई कायमै राख्दै लुम्बिनी लायन्स फाइनलको नजिक पुगेको छ । बुधबार भएको इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजको दबदबा अनि चुनौती समाप्त पार्दै लुम्बिनी दोस्रो क्‍वालिफायरमा प्रवेश गरेको छ ।

यसअघि भएका दुवै भेटमा काठमान्डुले लुम्बिनीमाथि जित हासिल गरेको थियो । काठमान्डुले त्यो दबदबा कायमै राख्ने सोचका साथ मैदान उत्रँदा लुम्बिनीले भने बदला लिँदै काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाएको हो ।

गत संस्करणको लिग चरण तथा यस संस्करणको लिग चरणमा भएका खेलमा काठमान्डुले नै बाजी मारेको थियो । यसपटक भने लुम्बिनी विजयी भयो । टस जितेर पहिले ब्याटिङ नै रोजेको काठमान्डुलाई १११ रनमै अलआउट गरेर लुम्बिनीले संयमित ढंगले लक्ष्य पूरा गर्‍यो ।

 

लुम्बिनीको जितमा पछिल्लो समय महत्वपूर्ण प्रदर्शन गर्दै आएका शेर मल्लले आजपनि शानदार प्रदर्शन गरे । यस्तोमा लुम्बिनीले लगातार चौथो जितका साथ अब फाइनलतर्फ थप एक कदम अघि बढाएको छ, तर फाइनल पुग्नका लागि अब एउटा महत्वपूर्ण खुड्किलो भने बाँकी नै छ ।

लुम्बिनीले अब फाइनल प्रवेशका लागि बिहीबार विराटनगर किङ्सको सामना गर्नेछ । विराटनगर मंगलबार सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि फाइनल प्रवेशका लागि दोस्रो मौका पाएको थियो ।

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

अमित लामा- अप्ठ्यारोमा नेतृत्वको रक्षा, केन्द्रीय सदस्यको इच्छा

काठमाडौं : ‘जेन-जी विद्रोह’ को नाममा भएको अराजकतापूर्ण गतिविधिपछि देशका प्रायः नेता असुरक्षित

लगातार जितको लयमा लुम्बिनी, काठमान्डुको यात्रा समाप्त

२४ मंसिर, काठमाडौं : लुम्बिनी लायन्सले सुरुवाती खेल जितेपछि लगातार ३ खेलमा पराजित

चम्किँदै शेर मल्ल

लुम्बिनी लायन्सका लागि यस संस्करण ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीको प्रदर्शन अग्रणी

 सामाजिक सञ्जालमा हामी