बानेश्वरको रत्नराज्यमा आइसोलेसन सेन्टर संचालनमा



जेष्ठ १७ । काठमाडौंको मुटु मानिने नयाँ बानेश्वरको रत्नराज्य विद्यालयमा आइसोलेसन सेन्टर संचालनमा आएको छ । काठमाडौं महानगरको वडा 10 मा पर्ने उक्त विद्यालयमा सेन्टर स्थापना गर्न प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले महत्वपूर्ण भूमिका खेल्नु भएको हो । आइसोलेसन सेन्टर संचालनमा आएपछि बानेश्वरबासि ले समस्या भोग्नु नपर्ने स्थानीयले बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को संरक्षण र मुख्य भूमिकामा हन्ड्रेड्स ग्रुप, नेपाल महिला एकता समाज र स्थानीय समाजसेवीहरू अनामिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री लगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो । यो आइसोलेसन वार्ड १०० ग्रुपले व्यवस्थापन गर्ने भएको छ । नेपाल महिला एकता समाजले त्यहाँ आवश्यक पर्ने ३० वटा वेड उपलब्ध गराएको छ र आवश्यकता हेरेर थप वेड दिने प्रतिबद्धता जनाएको छ । समाजले अक्सिजन सिलिन्डर मास्क, स्यानिटाइजर, स्यानिटरी प्याड लगायतको अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

रत्नराज्य आइसोलेसन सेन्टर

 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा

कांग्रेसलाई माधव नेपालको प्रश्न : यो देश तपाईंहरूको विर्ता हो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससँग आक्रोशित भएका छन्

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ