युरोकप आजबाट, कुन समूहमा कुनकुन टिम?



आजबाट युरो कप शुरू हुँदैछ। सन् २०२० मा तय गरिएको युरो कप कोभिड महामारीका कारण स्थगित भएपछि यो वर्ष सञ्चालन गर्न लागिएको हो। भरे राती पोने १ बजे टर्की र इटालीको खेलसँगै एक महिनासम्म चल्ने युरोकप सुरु हुनेछ।

यसभन्दा अघि बढीमा दुई देशमा आयोजना गरिने युरोकप यसपटक युरोकपका एघार विभिन्न शहरहरुमा आयोजना गरिनेछ। भरे राती हुने खेलमा १६ हजार समर्थकको उपस्थिति रहने विश्वास गरिएको छ।

खेल हुने शहरहरुमा स्कटल्याण्डको ग्लास्को, युकेको लन्डन, रसियाको सेन्ट पिटर्स्वर्ग, नेदरल्याण्डको एम्स्टरड्याम, अजरबैजानको बाकु, रोमानियाको बुकारेस्ट, हङ्गेरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, जर्मनीको म्युनिख, इटालीको रोम र स्पेनको सेभिल्ली रहेका छन्।

प्रतियोगिताका लागि २४ वटा देशहरुलाई ६ समूहमा बाँडिएको छ।

समूह ए:

इटाली, स्वीजरल्यान्ड, टर्की, वेल्स

समूह बी:

बेल्जियम, डेनमार्क, फिनल्यान्ड, रसिया

समूह सी:

अस्ट्रिया, नेदरल्यान्डस्, नर्थ म्यासाडोनिया, युक्रेन

समूह डी:

क्रोएसिया,चेक रिपब्लिक, इङ्ल्यान्ड, स्कटल्याण्ड

समूह ई:

पोल्यान्ड, स्लोभाकिया, स्पेन, स्विडेन

समूह एफ:

फ्रान्स, जर्मनी, हङ्गेरी, पोर्चुगल

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

 सामाजिक सञ्जालमा हामी