मंसिर ४ काे निर्वाचनमा करिब एक करोड ८६ लाख मतदाता



काठमाडौं ।  निर्वाचन आयोगले आउँदो निर्वाचनमा करिब १ करोड ८६ लाख मतदाता पुग्ने आँकलन गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले करिब १ करोड ८६ लाख मतदाता पुग्ने प्रारम्भिक अनुमान रहेको बताए।

आयोगले सञ्चालन गर्दै आएको मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगितसमेत गरिएको छ। मतदाता नामावलीको अद्यावधिक तथ्यांक केही दिनमै सार्वजनिक गरिने आयोगले जनाएको छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ करोड ७० लाख मतदाता रहेका थिए। संघ र प्रदेशको निर्वाचनमा करिब दस लाख मतादाता थपिनेछन्।

सरकारले आजै संघ र प्रदेशको निर्वाचन एकैचरणमा मंसिर ४ गते गर्ने निर्णय गरेको थियो।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

६० वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ११ पुस :काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर

CCTV क्यामेरामार्फत काठमाडौं चिनियाँ नियन्त्रणमा रहेको खुलासा

काठमाडौं : अमेरिकी प्रविधिको सहयोगमा चीनले विस्तार गरेको निगरानी (सर्भेलेन्स) प्रणालीको प्रत्यक्ष असर

 सामाजिक सञ्जालमा हामी