मेलम्ची हेलम्बु सडक आशिंक सञ्चालनमा



काठमाडौँ । बर्षाले अवरुद्ध मेलम्ची —हेलम्बु सडक सञ्चालनमा आएको छ । शुक्रबार रातिको बाढीले मेलम्ची —हेलम्बु सडकको ग्यालथुम ,क्युल ,सिमखेत लगायत क्षेत्रमा पहिरो तथा बाढी पस्दा यातायात तथा मानिस आवतजावतमै समस्या भएको थियो । हेलम्बुमा सबै ठाँउमा बिहानै सडक मर्मत गरिएको गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

मेलम्चीको सिमखेतमा बाढीले धैरेनै क्षति गरेपछि आज मध्यान्नबाट पानी केहि कम भएर गाडी वारपार भएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।केहि बेरमा पुर्ण रुपमा सडक सञ्चालनमा आउने उहाँले बताउनुभयो । बाढीले यस क्षेत्रमा दैनिक सडक अवरुद्ध हुने गरेको छ ।

यता मेलम्ची —पाँचपोखरी सडक अवरुद्ध भएको छ । खाल्डेखोलामा सडक भासिदा यातायात अवरुद्ध भएको छ । यसले पाँचपोखरी हिडेँका यात्रुलाई समस्या भएको छ । अपरान्ह सम्म सडक सुचारु गरिने गाँउपालिकाका प्रवत्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

६० वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ११ पुस :काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर

CCTV क्यामेरामार्फत काठमाडौं चिनियाँ नियन्त्रणमा रहेको खुलासा

काठमाडौं : अमेरिकी प्रविधिको सहयोगमा चीनले विस्तार गरेको निगरानी (सर्भेलेन्स) प्रणालीको प्रत्यक्ष असर

 सामाजिक सञ्जालमा हामी