स्वयम्भू महाचैत्यको परिक्रमा



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आज गुँला पर्वमा सहभागी भइ स्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ ।

एक महिना मनाइने मनाइने यो पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान मन्त्री श्रेष्ठ स्वयम्भू भगवान्को दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुभएको हो ।

यो पर्व बुद्ध धर्मावलम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । काठमाडौँको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको उहाँको भनाइ छ । ‘गुँला’ महिना भर धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा९खिं० जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ ।

यस पर्वमा अघिअघि बाजा र सङ्गीत, पछिपछि भक्तजन रहने गर्दछन् । यस पर्वले विभिन्न बाजालगायत संस्कृतिको संरक्षणमा टेवा पु¥याएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा

अमित लामा- अप्ठ्यारोमा नेतृत्वको रक्षा, केन्द्रीय सदस्यको इच्छा

काठमाडौं : ‘जेन-जी विद्रोह’ को नाममा भएको अराजकतापूर्ण गतिविधिपछि देशका प्रायः नेता असुरक्षित

लगातार जितको लयमा लुम्बिनी, काठमान्डुको यात्रा समाप्त

२४ मंसिर, काठमाडौं : लुम्बिनी लायन्सले सुरुवाती खेल जितेपछि लगातार ३ खेलमा पराजित

चम्किँदै शेर मल्ल

लुम्बिनी लायन्सका लागि यस संस्करण ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीको प्रदर्शन अग्रणी

 सामाजिक सञ्जालमा हामी