सुडानमा बाढीबाट ८३ को मृत्यु



खार्तुम । सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो ।

यहाँका बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ । त्यसैगरी यहाँका कम्तीमा पनि २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको पनि बताइएको छ ।

यहाँका केही व्यक्ति हराएका छन् भने एक लाख ३६ हजारजना भन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएर अन्यत्रै सारिएको छ । यहाँका मौसमसम्बन्धी अधिकारीहरुले सन् १९४६ पछि पहिलोपटक सुडानमका नदीहरुमा पानीको सतह धेरै बढेको जनाएका छन् ।

बाढीका कारण यहाँका कम्तीमा छ ओटा राज्यमा आपतकालको घोषणा पनि गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएको यहाँको यहाँको ‘नेसनल काउन्सिल फर सिभिल डिफेन्स’ले जनाएको छ । बाढीको बढी प्रभाव रहेका विभिन्न छ राज्यमा सुडानको मन्त्रिपरिषदले आपतकालको घोषणा गरेको सोमबार जनाइएको हो ।

नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार यहाँका रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ । बाढीको प्रभाव बढी भएका यी राज्यहरुमा सरकारले आपतकाल घोषणा गरेको हो ।

प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गरिएको र आवश्यक सहयोगको प्रवन्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग सङ्कलनका लागि सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको छ ।

अम्बानी निवासमा मेस्सीको विशेष भेट, भारतमा तेस्रो दिन पनि सेलिब्रेटीसँग भेटघाट जारी

नयाँदिल्ली — विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी भारत आएको तेस्रो दिनमा प्रवेश

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

पाकिस्तानबाट विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए साजिद अक्रम, बुवाबाट जन्मसिद्द नागरिक थिए छोरा

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएको छ भने

नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४

 सामाजिक सञ्जालमा हामी