गठबन्धनको मनपरीका कारण संघीय प्रणाली र प्रादेशिक संरचनाप्रति वितृष्ण बढ्यो : अध्यक्ष ओली



काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारको मनपरीका कारण संघीय प्रणाली र प्रादेशिक संरचनाप्रति वितृष्ण बढेको बताउनु भएको छ ।

आजदेखि ललितपुर च्यासल पार्टी कार्यलयमा सुरु चौथो केन्द्रीय कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमार्फत ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले आफ्नो राजनीतिक प्रतिवेदनको सुरुमै कांग्रेस नेतृत्वको गठबन्धन सरकारले मनपरी मन्त्रालय र मन्त्रीहरु थप्दा अहिलेसम्म प्राप्त उपलब्धीप्रति नै वितृष्णा बढेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रदेशहरूमा मन्त्रालय र मन्त्रीहरूको सङ्ख्या जथाभावी विस्तार गरिएको छ। अर्कातिर गठबन्धनले बेथिति बढाइरहेको छ । यही बेथितिका कारण जनतामा प्रादेशिक संरचना, सङ्घीय प्रणाली र समग्रमा राजनीतिक उपलब्धिहरूप्रति नै वितृष्णा बढ्न थालेको छ।‘

उहाँले गठबन्धनको अदूरदर्शी नीतिका कारण यस्तो संकट आएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्।

भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगम पक्राउ

काठमाडौं : भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको

चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ पुस ११ देखि १५ सम्म

काठमाडौं : चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ यही पुस ११ देखि १५ गतेसम्म हुने

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल

काठमाडौं : त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल

बुटवलको तिनाउ पुल नजिकै बोलेरो जिप दुर्घटना,तीन जनाको मृत्यु

लुम्बिनी: पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको

 सामाजिक सञ्जालमा हामी