दुई अमेरिकी युद्धपोत अन्तर्राष्ट्रिय पानीमा निर्वाध ढंगले डुल्दै



न्युयोर्क – दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटबाट गुज्रिरहेका अमेरिकी नौसेनाले घोषणा गरेको छ । यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले यस्तो कारबाही गरेको हो ।

चीनले उक्त क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास गरेर प्रतिक्रिया देखायो । हालैका वर्षहरूमा अमेरिका र अन्य पश्चिमी नौसेनाहरू नियमित रूपमा ताइवान स्ट्रेटमा गस्ती गर्दै आएका छन् ।

दुई ओटा मिसाइल क्रुज युएसएस एन्टिट्याम र युएसएस चान्सलरभिल्लाले अन्तर्राष्ट्रिय पानीमा निर्वाध ढंगले डुलिरहेका छन् । यस कार्यलाई बेइजिङले उत्तेजक बताउँदै ताइवान टापु चिनियाँ भूमिको अपरिहार्य अंश बताउँदै आएको छ ।

केही समयअघि अमेरिकी तल्लाे सदनकी सभामुख न्यान्सी पेलाेसीले चीनकाे  विराेधबीच ताइवानकाे भ्रमण गरेकी थिइन् । उनकाे भ्रमणापछि चीनले ताइवानसँगकाे सीमामा सैन्य अभ्यास गरेकाे थियाे ।

एजेन्सी

अम्बानी निवासमा मेस्सीको विशेष भेट, भारतमा तेस्रो दिन पनि सेलिब्रेटीसँग भेटघाट जारी

नयाँदिल्ली — विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी भारत आएको तेस्रो दिनमा प्रवेश

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

पाकिस्तानबाट विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए साजिद अक्रम, बुवाबाट जन्मसिद्द नागरिक थिए छोरा

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएको छ भने

नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४

 सामाजिक सञ्जालमा हामी