क्लब टेनएक्समा गुञ्जिए गायक अनिल सिंह



 

काठमाडौं । केही समय अगाडि ‘रेलिमोई’ गीत सार्वजनिक गरेपछि चर्चित गायक अनिल सिंह क्लब म्युजिकल टूरमा छन् ।

अघिल्लो साता लन्डन पवमा आफ्नो प्रस्तुति दिएका अनिलले शनिवार क्लब टेनएक्समा प्रस्तुति दिए । उनले म्युजिकल क्लब टुरअन्तर्गत कन्सर्ट गरिरहेका छन् । उनको म्युजिकल टुरमा ब्यान्ड पनि छ । ब्याण्ड ‘ग्रुभी सोल’ मा भोकलिस्ट अनिल छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ्ग, ड्रमरमा प्रज्वल निर्वाण छन् ।

शनिवार भएको ‘क्लब टेन एक्स’ को कन्सर्टमा स्वदेशीसँगै विदेशी संगीतप्रेमी पनि उपस्थित थिए । आइ लभ यु, प्रेम पत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेसँगै पछिल्लो गीत रेलिमोईसम्म उनले गाए । उनको गीतमा उपस्थित संगीत प्रेमी झुमे । कन्सर्ट झन्डै २ घण्टा जति चलेको थियो । अनिलको हिट गीतहरु ‘वान्स मोर’ का कारण झन्डै दुई पटक गाउन बाध्य भएका थिए ।

‘दर्शकको मायाले उत्साहित छु । यो म्युजिकल टुरलाई अझै विभिन्न क्लब र स्थानमा लान्छु,’ अनिलले भने । उनले यी सब योजनाअनुसार नै अगाड बढेको बताए । ‘योजनाअनुसार नै काम अगाडि बढाइरहेको छु । क्लबहरुमा म्युजिकल टुरपश्चात विदेशमा पनि गर्ने तयारी हुँदैछ,’ अनिलले भने ।

आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उनले ‘म्युजिक स्टेट’ नामक च्यानल बनाएका छन् । ‘म युट्युबको लागि नयाँ छु । किनकि यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउँदैछु,’ उनले भने ।

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

अम्बानी निवासमा मेस्सीको विशेष भेट, भारतमा तेस्रो दिन पनि सेलिब्रेटीसँग भेटघाट जारी

नयाँदिल्ली — विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी भारत आएको तेस्रो दिनमा प्रवेश

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

लामो समय नास्तिक मानिएका एलन मक्स भन्छन , ‘सृष्टिको पछाडी कुनै शक्ति छ ‘

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका चर्चित अर्बपति एलन मस्कले सृष्टि

 सामाजिक सञ्जालमा हामी