नेसपाका ५ जना नेता माओवादीबाट समानुपातिक उम्मेदवार



नेसपाका ५ जना नेता माओवादीबाट समानुपातिक उम्मेदवार


काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सिफारिसबाट नेपाल समाजवादी पार्टी(नेसपा)बाट ५ जनाको नाम समानुपातिकको बन्दसूचीमा राखेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले हँसिया हथौडा चुनाव चिह्न लिएर लड्ने भएकाले भट्टराईको सिफारिसका ५ जनाको नाम समानुपतिक सूचीमा राखिएको जानकारी दिए ।
भट्टराईको सिफारिसमा गंगानारायण श्रेष्ठसहित पाँच जनाको नाम सिफारिस भएको हो । श्रेष्ठले पनि उक्त कुराको पुष्टि गरेका छन् ।
माओवादी महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षमान पुन र गिरिराजमणि पोखरेल तथा गंगानारायण श्रेष्ठलगायतका नेताहरू समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।

आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने घोषणा गरिसकेका छन् ।

CCTV क्यामेरामार्फत काठमाडौं चिनियाँ नियन्त्रणमा रहेको खुलासा

काठमाडौं : अमेरिकी प्रविधिको सहयोगमा चीनले विस्तार गरेको निगरानी (सर्भेलेन्स) प्रणालीको प्रत्यक्ष असर

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर बढ्डो

काठमाडौं : उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर गम्भीर रूपमा

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाको विरोध गर्दै वीरगन्जमा हिन्दु युवाहरुले जलाए बंगलादेशको राष्ट्रिय झण्डा

काठमाडौं : बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हत्या तथा हिंसात्मक घटनाको विरोधमा

श्री अन्तु पुग्न नागरिकलाई २ किलोमिटर हिँड्नुपर्ने, जेन–जी मन्त्रीको गाडी भने टुप्पामै

इलामको सूर्योदय नगरपालिका–स्थित श्री अन्तुमा सूर्योदय अवलोकन गर्न करिब २ किलोमिटर उकालो हिँड्नुपर्ने

 सामाजिक सञ्जालमा हामी