मेरो रिसार्टलाई अनुमति नदिए मन्त्रालयमैं अनसन बस्छु: सांसद दीपक खड्का



काठमाडौँ ।नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन तथा वातावरण मन्त्रीको कार्यकक्षमै अनशन बस्ने चेतावनी दिएका छन् ।बुढानीलकण्ठमा निर्माणा गरिएको ‘होटल फरेस्ट इन’सम्बन्धी फाइल अगाडि नबढेपछि उनी आक्रोशित बन्दै मन्त्रालय पुगेका थिए ।मंगलवार मन्त्री वीरेन्द्र महतोको कार्यकक्षमै पत्रकार सम्मेलन गरी खड्काले मन्त्रीको कोठाभित्रै अनशन बस्ने चेतावनी दिए ।

संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काको लगानी रहेको उक्त होटल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी बनाइएको भन्दै वन मन्त्रालयले ५ लाख रुपैयाँ जरिवाना गराएको थियो ।कि मेरो फाइल फिर्ता दिनुस्, कि त स्वीकृत गर्नुस्,’ मन्त्रीसमक्ष खड्काले भने, ‘म यहाँबाट निस्किन्न, बल प्रयोग गर्नुभयो भने म पनि बल प्रयोग गर्छु ।’

उनले भने, ‘४ वर्ष भएछ फाइल थन्केर बसेको । सुरुमा कर्मचारी नभएको कारण फाइल अघि बढेन भनियो । तर, अघि बढिसकेपछि चाहिँ ईआईए पास नभईकन निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो’, उनले भने, ‘पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन भन्नुहुन्छ । साढे २ तलाभन्दा बनाउन पाइँदैन रे ।’

रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको आरोप लगाउँदै मन्त्रालय पुगेका उनले ढिलासुस्तीप्रति तीव्र आक्रोश पोखे । सो क्रममा उनको मन्त्रीदेखि सचिवसँग चर्काचर्की परेको बताइएको हो ।आफ्नो काम अझैपनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने उनले सञ्चारकर्मीलाई बताए ।

रोजगारी सिर्जना गर्ने व्यवसायिक होटललाई असहयोग गरेको भन्दै उनले राजधानीमा बन्न लागेको संरचनामा साढे ३ अर्ब लगानी भइरहेको बताए ।

खड्का नेपाली कांग्रेस संखुवासभाबाट निर्वाचित सांसद हुन् ।विसं २०६७ मा संखुवासभाबाट पार्टीको महासमिति सदस्यमा निर्वाचित खड्का विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उनले २०७३ सालमा खानेपानी तथा सरसफाइ राज्यमन्त्रीभएर काम गरेका थिए ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स

नेपाली क्रिकेटमा अनुभवी प्रशिक्षकको आगमन

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले आगामी दुई वर्षका लागि अस्ट्रेलियाका पूर्वखेलाडी तथा

 सामाजिक सञ्जालमा हामी