ग्रान्डी अस्पताल पुगेकी युवतीको पेन्टी खोलेर गोप्य अंग हेरेपछि…



काठमाडौँ ।  स्वास्थ्य परिक्षणकोक्रममा यौन दुर्व्यवहार गरेको भन्दै चिकित्सक जसवन शाक्यविरुद्ध अदालतमा उजुरी दर्ता भएको छ। ग्रान्डी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाँदा डा शाक्यले विना अनुमति संवेदनशील अङ्ग हेरेको भन्दै एक युवतीले काठमाडौँ जिल्ला अदालतमा उजुरी दर्ता गरेकी हुन्।

बालिगमाथि यौन दुर्व्यवहार भएको हकमा सिधै अदालतमा उजुरी दिनुपर्ने कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार पीडितले काठमाडौँ जिल्ला अदालतमा उजुरी दर्ता गरेकी हुन्।

उजुरीमा असोज ३ गते परामर्श र स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा जानेक्रममा यौन दुर्व्यवहार गरेको उल्लेख छ। डायग्नोस्टिक कक्षमा महिलाको संवेदनशील अङ्ग सम्बन्धी परीक्षण गर्नुपर्ने भएकाले महिला नर्स वा अन्य सहायक कर्मचारी उपस्थित गराउन गरेको अनुरोध बेवास्ता गरेको उजुरी पत्रमा उल्लेख छ।

डा शाक्यको व्यवहार असहज लागेपछि उनलाई त्यसबारेमा जानकारी गराउँदा समेत वास्ता नगरी भित्री वस्त्र तानेर गुप्ताङग नियाली भद्दा र अश्लील टिप्पणी गरेको उजुरीमा उल्लेख छ। उजुरीमा गरिएको दाबी अदालतबाट पुष्टि भएमा शाक्यमाथि तीन वर्षसम्म कैद सजायको फैसला हुनसक्छ।

शाक्यको व्यवहारविरुद्ध पीडितले ग्रान्डी अस्पतालमा जानकारी गराएपछि अस्पतालले शाक्यलाई निकालिसकेको छ। शाक्यविरुद्ध नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी परे पनि काउन्सिलले कुनै निर्णय गरेको छैन।

ती युवतीका अनुसार उनी असोज तीन गते ग्राण्डी अस्पतालमा सर्जरीको परामर्श लिन र स्वस्थ परीक्षण गराउन गएकी थिइन्। परीक्षण कक्षमा पुगेकी युवतीको अनुमति नै नलिई उनले उनको गोप्य अंग हेरेका थिए।

उनी थाइको बोसो घटाउन परामर्शका लागि अस्पताल गएकी थिइन्। तर शाक्यले उनीसँग सोध्दै नसोधी पेन्टी खोल्दै गोप्य अंग हेरेका थिए। उनले यस्तो व्यवहार गर्दा परीक्षण कक्षमा महिला सहायक नर्स वा अन्य कर्मचारी थिएनन्।

शाक्यको व्यवहार ती युवतीलाई सहज लागेन। उनले आफूलाई असहज भएको शाक्यलाई जानकारी गराइन्। युवतीको दाबी अनुसार आपत्तिपछि पनि शाक्यले उनको बेवास्ता गर्दै भित्री वस्त्र तानेर हटाउँदै उनको गुप्ताङ्ग नियाली भद्दा टिप्पणी गरेका थिए।

‘खासमा मेरो थाई लगायतका अंगको बोसो घटाउनु पर्ने थियो। त्यसैको लागि म ग्राण्डी अस्पताल गएको थिएँ,’उनले भनिन्, ‘तर मेरो अनुमति नै नलिई शाक्यले गोप्य अंग हेरेर भद्दा टिप्पणी गर्नुभयो। मैले अब्युज भएको महसुस गरेँ।’

शाक्यको त्यस्तो गतिविधिबारे उनले अस्पताल प्रशासनमा जानकारी गराइन्। उनले शाक्यलाई दोस्रो पटक भेटेर ‘उपचार पद्धति ठिक नभएको र आफूलाई अब्युज भएको महसुस गरेको बताइन्।

प्राप्त दुवैबिचको कुराकानीको अडियोमा चिकित्सक शाक्यले अर्को व्यक्ति नराखी, नसोधी संवेदनशील अंगमा छुनु आफूबाट गल्ती भएको स्विकारेका छन्। उनले फंगस् भएको जस्तो लागेर हेरेको दाबी गरेका छन्।

युवतीले आफू थाइको सर्जरीको परामर्शका लागि आएको तर अनुमति नै नलिई, सोध्दै नसोधी गोप्य अंगमा भएको कपडा समेत हटाउँदा सहज महसुस नगरेको बताएकी छिन्। शाक्यले फंगस भएको जस्तो लागेर परीक्षण गरेको भन्दै माफी मागेका छन्।

यस विषयमा शाक्यले आफ्नो नियत खराब नभएको र ‘मिसअण्डरस्टान्डीगं’ भएको बताए।

‘म प्लास्टिक सर्जन भएको हुँदा कुन ठाउँमा के भइरहेको छ हेर्नुपर्ने हुन्छ। मैले बिरामीको कोही व्यक्ति नराखी र अर्को डाक्टर पनि बिदामा भएको हुँदा एक्लै उपचार गर्दा यस्तो आरोप लाग्यो। मेरो नियत दुर्व्यवहार गर्ने थिँदैथिएन’ उनले भने।

पीडित युवतीले डाक्टर शाक्यसँग सुरुमा भेट्दा नियत राम्रै देखे पनि बेडमा सुत्न लगाएर अनुमति बेगर अकस्मात्भि त्र वस्त्र तानेपछि भने आफू शक भएको र अब्युज भएको महसुस गरेको बताइन्। स्रोतःधनकुटा खबर

आज पुष २७ गते शुक्रबार, थाहा पाउनुहोस् तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न अवसर प्राप्त

यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु

एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

शरीरमा सेतो धर्सा आउने कारण र हटाउने उपाय

सामान्यतया महिलाहरुको शरीरको विभिन्न भागमा सेता धर्साहरु देखिन्छ । यो विशेषगरी पेट, हिप,

 सामाजिक सञ्जालमा हामी