मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले लिए शपथ
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आज गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यलयमा उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराएकी थिइन् ।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।