खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा सीके राउत का ६२ कार्यकर्ता पक्राउ
कार्तिक ५, काठमाडौं । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका ६२ कार्यकर्तालाई पक्राउ गरेको छ ।पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
प्रमुखलाई दुर्व्यवहार गरिएको भन्दै चौतर्फी आलोचना भएको छ ।