कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित



 २९ मङि्सर २०७८

काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। काठमाडौंमा जारी पार्टीको १४औं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भएका हुन्।

सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत प्राप्त गरे। कांग्रेसका कूल ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४५६४ जनाले मतदान गरेका थिए।

यसअघि १३औं महाधिवेशनमा देउवाले रामचन्द्र पौडेललाई पराजित गर्दै पार्टी अध्यक्षमा निर्वाचित भएका थिए।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी