कालो लुगामा महिला युवाद्वारा सरकार विरुद्ध प्रदर्शन(तस्बिर हरु)



काठमाडौ । राष्ट्रिय युवा संघ नेपालमा आबद्ध महिलाहरुले आज सरकारको बिरोधमा काठमाडौको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको यस कार्यक्रममा स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता, खोप चोरी प्रकरणमा संलग्न स्वास्थ्य मन्त्रीलाई कारबाही लगायतका माग राख्दै ‘वृहत् युवा महिला विरोध प्रदर्शन’ को आयोजना गरिएको संघका प्रचार विभाग प्रमुख माहाराज गुरुङले बताउनु भयो ।

राष्ट्रिय युवा संघका संयोजक किरण पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले युवाहरुको आवज नसुने आन्दोलन अझ ससक्त बनाउने चेतावनी  दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सह संयोजक क्रान्ति बुर्लाकोटीले पनि आन्दोलनलाई निरन्तर दिने बताएकी छन् ।

राष्ट्रिय युवा संघ नेपालले केही हप्ता अधि देखी स्थानीय निर्वाचनको माग गर्दै आन्दोलन गर्दै थियो,जसअनुरुप सरकारले निर्वाचन समेत घोषणा गरेको थियो   ।

 

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

टेरामक्सबारे मुद्दा चलाउदै अख्तियारः तानिएलान् ज्ञानेन्द्र कार्की, मोहन बस्नेत र गोकुल बास्कोटा ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार

 सामाजिक सञ्जालमा हामी