सर्वोच्च शिखर ‘सगरमाथा’मा केपी ओलीको तस्विर फहराईने



काठमाडौँ, १ चैत । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर फहराईने भएको छ ।

सुर्योदय नगरपालिका वडा नं. १० निवासी युवन्तिका तामाङले आगामी जुन ४ तारिखमा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरी केपी ओलीको तस्विर फहराउने हुनु भएको छ । केपी ओलीले विश्वसामु नेपाल र नेपाली जनताको शिर सगरमाथा झैं उचो बनाएकाले आरोहणका क्रममा आफुले केपी ओलीको तस्विर फहराउने तयारी गरिरहेको बताउनुभयो ।

आरोहणको लागि आगामी अप्रीत ४ तारिक काठमाडौँबाट सगरमाथाका यात्रा तय गरिएको बताइएको छ । सर्वोच्च शिखर सगरमाथामा तामाङले राष्ट्रिय युवा संघको भण्डालाई समेत फहराउने तयारी गर्नुभएको छ । आम नेपाली युवाहरुको प्रतिनिधित्व र युवाहरुको भूमिका तथा मागलाई राज्यका सम्पूर्ण तहमा स्थापीत गराउन सफल भएकाले संघको झण्डा समेत केपी ओलीसँगै फहराउने उहाँले बताउनुभयो । युवाहरुको मार्गदर्शन, मुलुकको मेरुदण्ड तथा प्रेरणाको स्रोत समेत संघ भएकाले संघका संस्थापक अध्यक्ष ओलीको तस्विर सगरमाथामा फहराउने बताउनुभयो ।

काठमाडौँ–पर्सा सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपालको झण्डा तथा आफ्नो तस्विर सहितको राष्ट्रिय युवा संघको झण्डा तामाङलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष ओली, एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलगायतका नेताहरुले तामाङलाई सगरमाथा आरोहणको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी