अनाधिकृत घर टहरा हटाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आग्रह



सिन्धुपाल्चोक/  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राष्ट्रिय निकुन्ज तथा वा आरक्षभित्र निमार्ण भएका भौतिक संरचनाहरु हटाउन आग्रह गरेको छ । राष्ट्रिय निकुन्ज तथा आरक्ष भित्र जुनसुकै पदार्थको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने उल्लेख गर्दै निमार्ण भएकाहरु हटाउन तथा निमार्ण नगर्न समेत आग्रह गरेको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण, ऐन २०२९ को दफा ५ खण्ड ९ख० को कानुनी प्रावधान बमोजिम अधिकार प्राप्त अधिकारीको अनुमति नलिई कुनै पनि व्यक्तिले, यस्तो कार्य गर्ने गराउने व्यक्तिलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण, ऐन २०२९ को दफा २६,१९क० बमोजिम दश वर्षसम्म कैद वा दशलाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक द्धारा जारि सुचनामा उल्लेख छ ।

हाल पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी क्षेत्रमा अनाधिकृत रुपमा घर, टहराहरु आदी भौतिक संरचनाहरु बनाएको गुनासो आएकाले राष्ट्रिय निकुन्जको सरकारी जग्गा÷वन क्षेत्रमा बनाईएका घर, टहरा निर्माण नगर्नु नगराउनु हुन र वनाइएका घरटहराहरु जुनसुकै वेला भत्काउने तथा कारवाही समेत हुने सुचनामा उल्लेख छ । सो वन क्षेत्रमा अनाधिकृत निर्माणका कारण कुनै समस्या उत्पन्न भएमा व्यक्ति स्वयं जिम्मेवार हुने समेत सुचना मार्फत सुचित गरिएको छ ।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी