इन्द्रावती ५ लाई कृषि पशुपालनको पकेट क्षेत्रका रूपमा विकास गर्छु : आचार्य



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती ५ लाई कृषि पशुपालनको पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ । वडाध्यक्ष शशिनाथ आचार्यले कृषि पशुपालनका निम्ति इन्द्रावती ५ उपयुक्त क्षेत्र भएकाले गाउँपालिकाले समेत विशेषरुपले हेरेको बताउनुभयो ।

बिहीबार नयाँपानी भूमि अधिकार कृषक समूहले स्थापना गरेको दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्रको समुद्घाटन समारोहमा बोल्नुहुँदै वडाध्यक्ष आचार्यले इन्द्रावती ५ लाई कृषि तथा पशुपालनको पकेट क्षेत्र बनाउन पालिका वडा दुवैले विशेष भूमिका खेल्ने बताउनुभयो ।

अहिले वडामा धेरै गाई फार्म खोलेर व्यावसायिक ढङ्गले किसानहरू लागेको र कृषकहरूको प्रोत्साहनका लागि गाउँपालिकाले प्रतिलिटर ४ रुपैयाँले बढाएको बताउनुभयो । उहाँले दूधमा इन्द्रावती गाउँपालिकालाई नै आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताउनुभयो । बाँदर बँदेलले लगाएको अन्नबाली सखाप पारे पछि जमिन बाझो राख्न बाध्य भएका किसानहरूलाई ‘‘कृषक प्रोत्साहन कार्यक्रम’’ मार्फत बाझो जमिनमा घाँस रोप्न लगाएर कृषि खेतीमा प्रोत्साहन गर्ने वडाध्यक्ष आचार्यले बताउनुभयाे ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी