देशभर थपिए ९१२ कोरोना संक्रमित, थप एकको मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

६ हजार ४९१ स्वाब परीक्षण गर्दा ९१२ जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जनामा र तीन हजार ५५० जनाको एन्टिजन परीक्षण गर्दा ३८३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज एक जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३७० जना निको भएको मन्त्रालयले जनाएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ ।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

एफसी चितवनसँग पहिलोपल्ट हार्‍यो पोखरा थन्डर्स

काठमाडौँ : पोखरा थन्डर्सलाई पहिलोपल्ट पराजित गर्दै एफसी चितवनले जितसहित नेपाल सुपर लिग

 सामाजिक सञ्जालमा हामी