पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने



काठमाडौँ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७)देखि सञ्चालनमा ल्याउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

प्रवक्ता निरौलाका अनुसार उक्त विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ । झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०० हेक्टर क्षेत्रफलमा निर्माण भएको हो । उक्त विमानस्थल निर्माण भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्तर्राष्ट्रियस्तरसँग सिधा जोडिनेछ । रासस

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी