मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु



काबुल / अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । विस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

विस्फोटमा ३५ जनाको हताहति भएको हुन सक्ने तालिबान अधिकारीले रोयटर्सलाई बताएका छन् । एक वर्षअघि तालिबानले अफगानिस्तानको सत्तापलट गरे पछि पनि हत्या हिंसाका घटनामा कमी आएको छैन् । केही साताअघि पनि मस्जिदमा विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको थियो ।

सातदोबाटोस्थित कल सेन्टरमा CIB को छापा,दुई भारतीय सहित ५३ जना पक्राउ

काठमाडौं: ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।केन्द्रीय

नेपाल-चीन सीमानामा ७.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं: काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । केन्द्रविन्दु नेपाल-चीन सीमाना

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना

काठमाडौं : दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना

जुनियर इन्टरनेशनल सिरिजमा नेपाली खेलाडीको फितलो प्रदर्शन

काठमाडौं : नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज

 सामाजिक सञ्जालमा हामी