मंसिर ४ गते एमालेले सबै गठबन्धनलाई पराजित गर्छ : अध्यक्ष ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले सबैखाले गठबन्धनसँग एक्लै लड्ने चेतावनी दिनुभएको छ ।

झापाको कचनकवलमा भएको कार्यक्रमलाई बिहीबार दिउँसो सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते एमालेले सबै गठबन्धनलाई पराजित गर्ने बताउनुभयो । उहाँले सत्तामा रहेका कमजोरहरुले गठबन्धन बनाएको जिकिर गर्नुभयो । ‘एमालेसँग लड्ने हिम्मत नभएकाहरु गठबन्धन बनाउँदैन्,’ उहाँले भन्नुभयो, ‘लड्न सक्ने भए त एक्लाएक्लै लडिहाल्थे ।’

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनमा आठ वटा दल पुगेको बताउँदै अरु पनि थपेर देखाउन चुनौती दिनुभयो ।

अध्यक्ष ओलीले गठबन्धनको खासै असर नहुने भएकाले उच्च मनोबल लिएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले १६५ मध्ये बहुमत र ११० समानुपातिकमा पनि बहुमत ल्याउनुपर्नेमा जोड दिनुभयो ।

एक अर्को प्रंसगमा अध्यक्ष ओलीले नेपाली नागरिकले नेपाली नागरिकता पाउने बताउँदै कुप्रचारको पछि नपर्न आग्रह गर्नुभयो ।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

एफसी चितवनसँग पहिलोपल्ट हार्‍यो पोखरा थन्डर्स

काठमाडौँ : पोखरा थन्डर्सलाई पहिलोपल्ट पराजित गर्दै एफसी चितवनले जितसहित नेपाल सुपर लिग

 सामाजिक सञ्जालमा हामी