प्रतिनिधिसभामा नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु
काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मत विभाजन मागे गरे पछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।सभामुख सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो ।
नागरिकता विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि पाउनेछन् ।