प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली बिहान ९:०० बजे बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि समसामयीक राजनीतिका विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

सरकारले पछिल्लो समय प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माण लगायत दीर्घकालीन महत्त्वका निर्णयमा एकलौटी गरिरहेको भन्दै एमालेले आपत्ति जनाएको छ । यिनै विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच छलफल भएको बताइएको छ ।

उहाँहरू बीच छलफल जारी छ ।

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै

सहकारी ठगी प्रकरण : रवि र छविलाई काठमाडौं ल्याइने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल

 सामाजिक सञ्जालमा हामी