लमजुङका पर्यटकीय गाउँहरू सुनसान



 

लमजुङ । बर्खाका कारण लमजुङका पर्यटकीय गाउँहरु सुनसान रहेका छ्न । पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा दुई महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने दिनको दुई जना पर्यटक पनि मुस्किलले आएका हुन्छन् । ४४ घर होमस्टे भएको घलेगाउँवासी कामविहीन छन् ।

असारको दोस्रो साताबाट भने पर्यटक आउनै छाडेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताए । भदौ अन्तिमबाट पर्यटक बढ्ने उनको दाबी छ । घलेगाउँमा ४४ होमस्टे छन् । तिनमा तीन सयभन्दा बढी पर्यटक अटाउँछन् । यसअघि पनि असार, साउन र भदौमा खासै पर्यटक नआउने पर्यटन समितिका सचिव उमलबहादुर विकको भनाइ छ । पर्यटकले आउन चाहना गरे पनि बाटोले समस्या बनाएको पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।

घलेगाउसगै भुजुङ, काउलेपानी र राइनासकोटमा पनि यति बेला पर्यटक आएका छैनन् । लमजुङका अन्य ठाउँका होमस्टेमा पनि अहिले पर्यटकको चहलपहल छैन । खासुर, घनपोखरा, सिउरुङ, घेर्मु रकडार्गेन, पसगाउँ, तुर्लुङकोट, भुस्मेलगायत गाउँ पनि सुनसान छन् ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी