एमालेले तय गर्‍यो उम्मेदवार छनोटको मापदण्ड



काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार छनोटका मापदण्ड तय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको पोलिटब्युरो बैठकले उम्मेदवार छनोटका लागि पाँच मापदण्ड छनोट गरेर पारित गरेको हो । एमालेले तय गरको मापदण्ड अनुसार उम्मेदवार हुने व्यक्तिका लागि पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, सो व्यक्तिले आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा,लोकप्रियता र विजयको सुनिश्चितता,संविधान अनुसार समावेशीताको सिद्धान्त र संवैधानिक प्रावधान मापदण्ड चाहिने निर्णय गरेको हो ।

ती मापदण्डमाथि केन्द्रीय कमिटीमा बैठकमा छलफल हुने र बैठकबाट अनुमनेदन भएपछि आवश्यक चुनावको तयारीमा लाग्ने एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।एमालेको केन्द्रीय कमिटि बैठक भदौ १० र ११ गते बस्ने छ।

यी हुन् एमालेले पोलिटब्युरो बैठकले​​​​​​​ तय गरेका उम्मेदवार छनोटका ​​ मापदण्ड स्
१। पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता

२। आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा

३। लोकप्रियता र विजयको सुनिश्चितता

४। समावेशीता

५। संविधानमा उल्लेखित प्रावधान

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स

नेपाली क्रिकेटमा अनुभवी प्रशिक्षकको आगमन

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले आगामी दुई वर्षका लागि अस्ट्रेलियाका पूर्वखेलाडी तथा

 सामाजिक सञ्जालमा हामी