वेटिङ रुममा प्रयोग भएको राहदानी विभागको पार्किङ खाली गराइयो



काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभागको पार्किङमा रहेका अवैध संरचना हटाएको छ। विभागको अन्डर ग्राउण्ड पार्किङलाई वेटिङ रुमका रूपमा प्रयोग भएपछि त्यहाँ भएका संरचनाहरू हटाएको हो।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा शुक्रबार दिउँसो नगर बल प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगरले पार्किङमा रहेकाे अवैध सरचनालाई हटाएको हो ।

महानगरले त्यस स्थानमा राखेका कुर्सीहरू हटाउन निर्देशन दिएको छ। अन्डरग्राउड पार्किङमा रहेका कुर्सीहरु महानगरले हटाएको छ।

विभागले बनाएको बेसमेन्ट अन्य प्रयोजन अर्थात सेवाग्राही बस्ने स्थानका रूपमा प्रयोग गरिएको छ। महानगरले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो।

यसअघि बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरूपमा बनाएको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको थियो।

यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को प्रदर्शन मिति सर्यो

काठमाडौं : चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको

टिकटकर जोडी आयुष र एलिजे टिकटकमा फर्किए

काठमाडौं । टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली प्लाटफर्ममा फर्किएका छन् ।

यू-१९ महिला एसिया कप : नेपाल र भारत प्रतिस्पर्धा

काठमाडौं : एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज

अभिनेता अल्लु अर्जुन १४ दिनको लागि न्यायिक हिरासतमा

हैदाराबाद: पुष्पा शृङ्खलाका अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ

 सामाजिक सञ्जालमा हामी