उम्मेदवारको नाम भदौ २२ गते भित्र सिफारिस एमालेको निर्देशन



​​​​​​​काठमाडौँ । नेकपा ९एमाले०ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरी यही भदौ २२ गतेसम्म केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन गर्ने भएको छ ।

केन्द्रीय कमिटीको शनिवार सम्पन्न चौथो बैठकले उम्मेदवार छनौटको प्रक्रिया र मापदण्ड निर्धारण गर्नुका साथै उम्मेदवारको नाम पठाउन मिति तोकेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नाम सिफारिस तल्ला कमिटीबाट हुने र अन्तिम टुङ्गो केन्द्रबाट लगाइने छ ।

जिल्लाको सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गर्ने । एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाहरूले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने । प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस पनि सोहीबमोजिम सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्ने । गरिएको सिफारिसमा सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो अन्य राय भए सोसमेत उल्लेख गरेर सिफारिस गर्ने । सिफारिस माथिको अन्तिम निर्णय केन्द्रले गर्ने छ जनाइएको छ ।

त्यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका कम्तीमा एक जना महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने छ ।

समानुपातिक तर्फको बन्द सूचिका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशिता र अवसरको न्यायोचित वितरणलाई समेत ध्यानमा राखी सम्बन्धित जिल्ला कमिटीको बैठकबाट सिफारिस गर्ने र उक्त सिफारिसमा सम्बन्धित प्रदेश कमिटीले आफ्नो अन्य राय भए सो समेत उल्लेख गरेर सिफारिस गर्ने जनाइएको छ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

काठमाडौंमा राजावादीविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं : नेकपा एमालेले राजावादीको गतिविधिविरुद्ध मोटरसाइकल र्‍याली गरेको छ। एमालेको भातृसंस्था युवा संघको

पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले काट्यो आठ पत्र, ७ लाख ९३ हजार जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले

 सामाजिक सञ्जालमा हामी