काठमाडौँ महानगरपालिका स् नगर प्रहरीलाई दैनिक पाँच सय भत्ता,आठ कक्षासम्मका विद्यार्थीलाई २५ रुपैयाँ खाजा खर्च दिने



काठमाडौं। काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ ।

काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।

यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि पाँच सय रुपैयाँ पुर्याइएको हो । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए ।

महानगरका सरकारी विद्यालयमा आठ कक्षासम्मका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च

महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत  उपलब्ध गराउने भएको छ ।

कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खार्च उपलब्ध गराउने प्रस्ताव गरेको हो । यसका लागि नगरपालिकाले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

यस्तै, बालबालिकालाई उनीहरूको विद्यालय उपस्थितिको हाजिरी हेरेर खाजा खर्चबापत उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी