सिन्धुपाल्चोक २मा शेरबहादुर तामाङ सहित ३ जना सिफारिस



सिन्धुपाल्चोक / नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ले प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । एमालेले सांसद शेरबहादुर तामाङ सहित माधव पाण्डे र हस्त पण्डितको नाम सिफारिस गरेको हो । शनिबार मेलम्चीमा बसेको क्षेत्रिय कमिटि बैठकले समानुपातिक तर्फ, कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङर पुर्व मन्त्री दावा तामाङको नाम सिफारिस गरिएको एमाले नेता डम्बर अर्यालले जानकारी दिनुभयो । त्यस्तै

सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क अन्तर्गत नेकपा एमालेले ९ जनाको नाम सिफारिस गरेको छ । आज बसेको बैठकले प्रदेश सभा क अन्तर्गत डालबहादुर सापकोटा, बिष्णुमणि आचार्य, रामचन्द्र बस्नेत, राजन आचार्य, देवि दुलाल, शिवहरि सापकोटा, राजु नेपाल, खिल बहादुर गिरि र डबले लामाको नाम सिफारिस गरेको हो । यस्तै समानुपातिक तर्फ सुब्बा माझी, सरस्वती अधिकारी, रामबहदुर सुनार, मनकुमारी तामाङ, खिलबहादुर श्रेष्ठ र चन्द्र धिमालकोटीको नाम सिफारिस गरेको छ ।
यस्तै, सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा ख का लागि नेकपा एमालेद्वारा प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ। आज बसेको नेकपा एमालेको बैठकले प्रत्यक्षतर्फ अशोक चौलागाईं, मित्रलाल चौलागाई, शिशिर वाइबा, सोमर बम्जन, कृष्णगोपाल तामाङ, चिरन तामाङको नाम सिफारिस गरेको हो ।
यस्तै समानुपातिक एमाले सिन्धुपाल्चोक २ प्रदेस ख तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा परेकाहरूमा देबेन्द्र बहादुर खत्री, राधाकृष्ण श्रेष्ठ, सुर्यमान तामाङ, जिमी लामा, दुर्गा चालिसे, सुनिता परियार, फुर्पा ह्योल्मो र दिपक गहतराज रहेका छन् । सिफारिस गरिएको नाम जिल्ला कमिटिमा पठाइने एमालेले जनाएको छ ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी