गठबन्धनले आज सिट बाँडफाँटको टुङ्गो लगाउने
काठमाडौं / सत्ता गठबन्धन दलहरुले आज सिट बाँडफाँटको टुङ्गो लगाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको कार्यदलको बैठकले आजै सिट बाँडफाँटको टुँगो लगाउने निश्कर्ष निकालेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ सिट बाँडफाँटको एकै पटक टुङ्गो लगाउने गरी कार्यदलले खाका तयार गरेको छ । गठवन्धनबीच सिट बाटफाँटको खाकालाई अन्तिम रुप दिने भनिएको कार्यदलको बैठकमा गठबन्धनका शीर्ष नेताहरुको समेत उपस्थित थियो ।
सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय लामो समयदेखी टुङ्गोमा पुग्न सकिरहेको थिएन। बाँडफाँटको मोडालिटीमा सबै सहमत नजिक पुगेको नेताहरुले बताउनु भएको छ ।
गठबन्धन दलहरु सिट बाँडफाँटको कसरतमा जुटिरहँदा गठबन्धन भित्रका दलका साथै अन्य दलहरुले आ(आफ्ना उम्मेदवारहरु निर्वाचन क्षेत्रबाट सिफारिस गरिरहेका छन् ।