प्रतिनिधिसभाको समयावधि बढाउने सरकारको स्वेच्छाचारी कार्य आपत्तिजनक : भीम रावल
काठमाडौँ । नेकपा एमालेका नेता डा। भीमबहादुर रावलले प्रतिनिधिसभाको समयावधि बढाउने सरकारको स्वेच्छाचारी कार्य आपत्तिजनक रहेको बताउनुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै नेता रावलले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
उहाँले भन्नुभएको छ , ‘प्रतिनिधि सभाको निर्वाचनको प्रक्रिया अघि बढिरहेको र धेरैजसो सांसद काठमाण्डौमा नभएको स्थितिमा संसदमा विभिन्न ऐन संशोधन गर्ने र निर्वाचन आयोगको पूर्व घोषणा विपरीत प्रतिनिधि सभाको समयावधि बढाउने गठबन्धन सरकारको स्वेच्छाचारी र अलोकतान्त्रिक कार्य आपत्तिजनक छ । यस्तो काम बन्द होस् ।’