काँग्रेसलाई ८०,माओवादीलाई ६० सिट लिएर भागवण्डा मिलाउदैछौं : प्रचण्ड



 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको कार्यदलले मंगलबार बेलुकासम्म प्रतिनिधि सभा र प्रदेश सभाको सिट भागबण्डा मिलाइ सक्ने बताउनुभएको छ ।

मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका पत्रकारसँग कुरा गर्दै प्रचण्डले कार्यदललाई आजसम्मको समय दिएको बताउनुभयो । माओवादीको सुदूरपश्चिम प्रदेशको बैठकमा सहभागी हुन धनगढी पुग्नुभएका प्रचण्डले बुधबार गठबन्धन दलका शीर्ष नेता बसेर सिट बाँडफाँडको अन्तिम टुङ्गो लगाउने बताउनुभयो । ‘भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ, गठबन्धन कायम भएरै जान्छ’, प्रचण्डले भन्नुभयो ।

कांग्रेसले पहिला एक सय सिटको माग गरेकोमा अहिले ८० को वरिपरि झरेको उहाँले दाबी गर्नुभयो । त्यस्तै माओवादीले ६० सिट दाबी गरेकोमा त्यो भन्दा केही कम हुने उहाँले बताउनुभयो । माधव नेपालको एकीकृत समाजवादी र जनता समाजवादीले २५(२५ सिट दाबी गरेको प्रचण्डले जानकारी दिनुभयो ।

दाबी जस जसको जति भए पनि अन्तिममा गठबन्धनमा सिट बाँडफाँडको कुरा मिलाएरै जाने उहाँले बताउनुभयो । ‘ १ सय ६५ र ३ सय ३० भित्रै मिलाउने हो, त्यो भन्दा बढाउन पाइँदैन’, प्रचण्डले भन्नुभयो ।

प्रचण्डले आफ्नो नाम जहाँबाट सिफारिस भए पनि चुनाव भने चितवनबाटै लड्ने बताउनुभयो । ‘म चितवन क्षेत्र नं ३ बाटनै लड्ने हो, काहीँ अन्त जाने सम्भावना छैन’, प्रचण्डले भन्नुभयो ।

प्रतिनिधि सभाको आयु नलम्बिने पनि प्रचण्डले बताउनुभयो । प्रतिनिधि सभाको अवधि लम्ब्याउने विषयमा छलफल चलेको भए पनि आज त्यो फिर्ता हुने उहाँले जानकारी दिनुभयो । ु उम्मेदवारी दर्ता भएपछि प्रतिनिधि सभा रहँदैन, प्रचण्डले भन्नुभयो ।

– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको कार्यदलले मंगलबार बेलुकासम्म प्रतिनिधि सभा र प्रदेश सभाको सिट भागबण्डा मिलाइ सक्ने बताउनुभएको छ ।

मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका पत्रकारसँग कुरा गर्दै प्रचण्डले कार्यदललाई आजसम्मको समय दिएको बताउनुभयो । माओवादीको सुदूरपश्चिम प्रदेशको बैठकमा सहभागी हुन धनगढी पुग्नुभएका प्रचण्डले बुधबार गठबन्धन दलका शीर्ष नेता बसेर सिट बाँडफाँडको अन्तिम टुङ्गो लगाउने बताउनुभयो । ‘भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ, गठबन्धन कायम भएरै जान्छ’, प्रचण्डले भन्नुभयो ।

कांग्रेसले पहिला एक सय सिटको माग गरेकोमा अहिले ८० को वरिपरि झरेको उहाँले दाबी गर्नुभयो । त्यस्तै माओवादीले ६० सिट दाबी गरेकोमा त्यो भन्दा केही कम हुने उहाँले बताउनुभयो । माधव नेपालको एकीकृत समाजवादी र जनता समाजवादीले २५(२५ सिट दाबी गरेको प्रचण्डले जानकारी दिनुभयो ।

दाबी जस जसको जति भए पनि अन्तिममा गठबन्धनमा सिट बाँडफाँडको कुरा मिलाएरै जाने उहाँले बताउनुभयो । ‘ १ सय ६५ र ३ सय ३० भित्रै मिलाउने हो, त्यो भन्दा बढाउन पाइँदैन’, प्रचण्डले भन्नुभयो ।

प्रचण्डले आफ्नो नाम जहाँबाट सिफारिस भए पनि चुनाव भने चितवनबाटै लड्ने बताउनुभयो । ‘म चितवन क्षेत्र नं ३ बाटनै लड्ने हो, काहीँ अन्त जाने सम्भावना छैन’, प्रचण्डले भन्नुभयो ।

प्रतिनिधि सभाको आयु नलम्बिने पनि प्रचण्डले बताउनुभयो । प्रतिनिधि सभाको अवधि लम्ब्याउने विषयमा छलफल चलेको भए पनि आज त्यो फिर्ता हुने उहाँले जानकारी दिनुभयो । ु उम्मेदवारी दर्ता भएपछि प्रतिनिधि सभा रहँदैन, प्रचण्डले भन्नुभयो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी