मेलम्ची नगर जेष्ठ नागरिक सञ्जालको अध्यक्षमा पुनः धिताल



मेलम्ची  । मेलम्ची नगर जेष्ठ नागरिक सञ्जालको अध्यक्षमा पुनः एकादत्त धिताल चयन भएका छन् । मेलम्ची नगरपालिकाले आयोजना गरेको कार्यक्रमबाट उनलाई अध्यक्षमा चयन गरिएको हो ।

यस्तै, सञ्जालको उपाध्यक्षमा गंगा खड्का र सचिवमा मोहन ढकाल चयन भएका छन् । नगरका सबै वडाको प्रतिनिधित्व गर्दै १३ सदस्यीय समिति गठन गरिएको नगरपालिकाकी कर्मचारी अम्बिका डोटेलले जानकारी दिइन् ।

कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवको भण्डार भएको बताए । जेष्ठ नागरिकका आवश्यकतालाई नगरले पुरा गर्दै जाने उनको भनाइ थियो ।

कार्यक्रममा उपप्रमुख उमा प्रधानले वर्तमान युवा पुस्ताले ज्येष्ठ नागरिकको सम्मान गरे मात्र आउँदो पुस्ताले पनि सम्मान गर्ने बताइन् । उनले अघिल्लो सरकारले जेष्ठ नागरिकको क्षेत्रमा थुप्रै महत्वपूर्ण काम गरेको भन्दै त्यसलाई निरन्तरता दिँदै आगामी दिनमा आवश्यकताका आधारमा कार्यक्रम थप्दै जाने प्रतिबद्धता जनाइन् ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले जेष्ठ नागरिकको वर्तमान अवस्था, राज्यबाट पाइने सेवा सुविधा लगायतका विषयमा जानकारी गराएका थिए । उनले जेष्ठ नागरिकको सम्मान गर्दै सुन्दर समाज निमार्णमा लाग्न पनि युवा पुस्तालाई आग्रह गरेका थिए ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी