आलु र प्याजमा भ्याट : व्यवसायीद्वारा कारोबार ठप्प
काठमाडौँ। आलु र प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले बुधबारदेखि आलु र प्याजको आपूर्ति र कारोबार दुवै बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन भएर बजारमा जाने आलु र प्याजमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति तथा कारोबार बन्द गरेका हुन् ।