भारतीय शार्पशुटर पक्राउ , प्रहरीले हानेको गोली लाग्यो खुट्टामा



बारा । कार्तिक २३ मा बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य शार्पसुटर भनिएका सुजित सिंहलाई हिजो साझ प्रहरीले पक्राउ गरेको छ ।

सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट प्रहरीले गोली हानेर पक्राउ गरिएको हो । श्रोतका अनुसार साँझ ६ बजेदेखि नै सिंहलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । उनी त्यो क्षेत्र वरिपरि बस्ने गरेको प्रहरीले पत्ता लगाएको थियो ।

सिंहलाई नियन्त्रणमा लिने क्रममा घुँडाभन्दा मुनि गोली हान्नुपरेको र यस विषयमा थप अनुसन्धान भइरहेको एक प्रहरी अधिकारीले बताए ।

प्रअ स्वर्णकारको गत १३ कात्तिकमा स्कुलनजिकै मदरसा टोलमा टाउको र छातीमा गोली हानेर हत्या भएको थियो । त्यसयता नै प्रहरीले सिंहलाई खोज्दै आएको थियो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी