सशस्त्र प्रहरीमा ९९ इन्स्पेक्टर र ९८ असईसहित विभिन्न पदमा भर्ना खुल्यो



काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।  प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्ने छ ।

इन्स्पेक्टर र असईमा अनलाइन आवेदन दिएकाहरूले फागुन २ गतेभित्र तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।  विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले भने माघ २४ गतेभित्रै तोकेको कार्यालयमा उपस्थिति हुनुपर्ने छ ।

नेपाल र चीनबीच के के भए सहमति र समझदारी ?

काठमाडौं : नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको

कोशी एमाले संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेप

विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विदुर लिङ्थेपले

नक्कली सुनका गरगहना देखाएर ठगी गर्ने गिरोह पक्राउ

१८ मंसिर, विराटनगर: नक्कली सुनका गरगहना देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले २

विश्नोईको नाममा धम्की दिएको आरोपमा हरिचन्द्र फुयाँल पक्राउ,दुर्गा प्रसाईंबाट परिचालित

काठमाडौं : विश्नोईको नाममा धम्की दिएको आरोपमा हरिचन्द्र फुयाँल पक्राउ परेका छन्। केही

 सामाजिक सञ्जालमा हामी