घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु



रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

आगलागीमा परेर ७५ वर्षीया हरिकला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपरान्ह ४ः४५ बजे अचानक आगलागी भएको थियो । घरमा पशु चौपाया नभएको र आगलागी भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

तर वृद्धाको शरीर जलेकाकारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए । प्रहरीका अनुसार घरमा हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए । तर आगलागीका बेला छोरा घरमा थिएनन् ।
आगलागीको कारण भने खुलेको छैन ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी