पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचलाउने निर्णय
काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको छ ।
मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको जिल्ला न्यायाधीवक्ता सिताराम रिजालले बताए । बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको उनले बताए ।
पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गर्दा उनले जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेजलाई मुख्य आधार बनाइएको छ । ‘जापानबाट ३ जना डिपोर्ट भएर फर्किएको भएपनि पूर्वमन्त्रीज्यू चाहिँ आफैं अध्यागमनलाई जानकारी गराएर फर्किनु भएको थियो’, अर्यालले भने, ‘उहाँले बयानका क्रममा पनि इन्कार गरेर मानव तस्करीको कुरा सोचेको पनि छैन भन्नुभएको छ ।’
विमानस्थलको सीसी टीभी फुटेजमा पनि उनी अन्य तीन युवासँगै गएको नदेखिएको भनिएको छ ।