बयानका लागि पूर्वगृहमन्त्री लामिछाने सरकारी वकिलको कार्यालय काठमाडौंमा



काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान सुरू भएको छ।

बयानका लागि  उनलाई  काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा आज बिहान उपस्थित गराइएको जिल्ला प्रहरी परिसरले जनाएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाडौं ल्याएको थियो।

लामिछानेविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ  पुर्जी जारी भएको थियो।

स्वर्णलक्ष्मीकै बचत हिनामिना गरेको आरोपमा छविलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की पठाइसकेको छ। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो।

जिल्ला अदालत कास्कीको आदेशबाट पटक-पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ।

लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान लिएको थियो। यता साहारा चितवन सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा उनीविरुद्ध अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। काठमाडौंमा बयान सकिएपछि उनलाई चितवन लैजाने प्रहरीको तयारी छ।

 

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी