भारतीय पूर्वस्टार खेलाडी शिखर धवनको बहुप्रतीक्षित खेल आज



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सोमबारको खेल नेपाली क्रिकेट प्रेमीहरूका लागि अत्यन्तै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। यस खेलमा भारतीय पूर्वस्टार खेलाडी शिखर धवन कर्णाली याक्सबाट मैदानमा उत्रनेछन्। धवनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध आफ्नो पहिलो खेल खेल्न लागेका हुन्। खेल दिउँसो १:१५ बजे सुरु हुनेछ।

पहिलो खेलमा विराटनगर किङ्सलाई आठ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले प्रतियोगितामा बलियो सुरुआत गरिसकेको छ। विकेटकिपर ब्याटर लाहिरु मिलन्थाको उत्कृष्ट ७५ रन र ललित राजवंशीको तीन विकेट जनकपुरको पहिलो जितको मुख्य आधार थिए।

अब दोस्रो खेलमा जनकपुरले कर्णालीविरुद्ध पनि त्यही लय कायम गर्ने लक्ष्य लिएको छ। कप्तान अनिलकुमार साहको टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ, जसले कर्णालीका लागि चुनौती थपिदिएको छ।

कर्णाली याक्सका लागि यो खेल निर्णायक हुनेछ। कप्तान सोमपाल कामीको नेतृत्वमा टोली पहिलो जित हात पार्न उत्सुक छ। विशेष गरी धवनको उपस्थिति कर्णालीका लागि ठूलो बल बन्नेछ। धवनको अनुभव र क्षमता टोलीलाई प्रेरणा दिनेछ र उनी लामो समय क्रिजमा टिक्न सके कर्णालीलाई बलियो स्कोर खडा गर्ने अवसर मिल्नेछ।

एनपिएलका लागि निर्माण गरिएका नयाँ पिचले खेलमा ठूलो प्रभाव पारेको छ। पहिलो खेलमा पिचले बलरहरूलाई धेरै सहयोग गरेको देखिएको थियो। विराटनगरले १९ ओभरमा १२८ रन मात्रै बनाउन सक्यो, जुन टी–२० खेलका लागि सामान्य लक्ष्य हो। तर, जनकपुरले यो लक्ष्य भेटाउन १५.३ ओभर खर्चिनु पर्‍यो।

यद्यपि, पिचका चुनौतीका बाबजुद पहिलो खेलमा दुई अर्धशतक सम्भव भएका थिए। विराटनगरका ओपनर मार्टिन गप्टिलले ४३ बलमा सात चौका र एक छक्कासहित ५५ रन बनाए। लाहिरूले दोस्रो इनिङ्समा ब्याटिङ गर्दै ५३ बलमा नौ चौका र तीन छक्कासहित ७५ रन बनाए। यसले पिचमा टिक्न सक्ने खेलाडीहरूले राम्रो प्रदर्शन गर्ने सम्भावना देखाएको छ। धवनले आफ्नो अनुभवका आधारमा यो परिस्थितिलाई ‘ह्यान्डल’ गर्न सक्ने अपेक्षा गरिएको छ

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी