सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा



सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ३३० किलो र बा१झ ५१२७ नम्बरको गाडीबाट ३६० किलो गाँजा बरामद गरेको हो।

प्रहरीले बा१झ ४६०५ नम्बरको स्कार्पियो चालक मोरङ सुन्दरहरैंचा नगरपालिका-११ का ३६ वर्षीय श्यामकुमार विकलाई नियन्त्रणमा लिएको छ। ती गाडीमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भन्‍ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी खटिएको थियो। प्रहरीले बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३३० किलोग्राम गाँजासहित चालक विकलाई पक्राउ गरेको थियो।

प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा१झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा नियन्त्रणमा लिएको थियो।

ती गाडीका चालक फरार भएका थिए। उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिकभित्र प्याक गरेको अवस्थामा ३६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो ।

प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

नेपालमा गाँजा प्रतिबन्धित लागुऔषधका रूपमा चिनिन्छ। यी सवारीसाधन सरकारी भने होइनन्। सरकारी गाडीको नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा ओसारेको पाइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए।

भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगम पक्राउ

काठमाडौं : भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको

हनी ट्य्राप प्रकरण : निलम्बित इन्सपेक्टर शाही प्रहरी हिरासतमा

काठमाडौँ : हनि ट्रयापिङ समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी

क्यान्सरसँग हारे विवेक, ‘त्याग र समर्पणकी खानी’ सिर्जना एक्लिइन्

काठमाडौं : ब्रेन क्यान्सरसँग जुधिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ। उपचारका क्रममा

यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को प्रदर्शन मिति सर्यो

काठमाडौं : चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको

 सामाजिक सञ्जालमा हामी