(काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाईनलमा हेल्प नेपाल



काठमाडौं : एनभिए लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट क्लब सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

हेल्प नेपालले खेल २५-१६, २८-१८, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।

लिग चरणबाट हेल्प नेपाल दोस्रो र एचडिसी चौथो स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेका थिए ।

लिग चरणमा भारतको क्यालिकट हिरोजलाई ३-२ तथा गण्डकी प्रदेश र एचडिसीलाई समान ३-१ को सेटमा हराएको हेल्प नेपाल इरानको युवा टोलीसग ३-१ को सेटमा पराजित भएको थियो ।

यता गण्डकीलाई ३-२ को सेटमा पराजित गरेको एचडिसीले क्यालिकट हिरोजसँग ३-१ र इरानसँग ३-२ को सेटमा हार ब्यहोरेको थियो ।

पहिलो सेमिफाइनलमा क्यालिकट हिरोजले इरानलाई ३-१ को सेटमा हराएको थियो ।शनिबार हुने फाइनलमा हेल्प नेपालले क्यालिकट हिरोजको सामना गर्नेछ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी