अर्धशतसँगै काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित



काठमाडौं: स्टीफन एस्किनाजीको अर्धशतसँगै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो जित हात पारेको छ।

शनिबार भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो। योसँगै ६ खेलबाट ६ अंक पुर्‍याएको काठमाडौंले प्लेअफ सम्भावना कायम राखेको छ।  काठमाडौंले अन्तिम खेल छैटौं स्थानको विराटनगर किङ्ससँऊ खेल्ने छ।

यता, पोखराको भने प्लेअफ सम्भावना लगभग सक्किएको छ। विराटनगर र पोखराको समान खेलबाट चार अंक छ। पोखराले अन्तिम खेल दोस्रो स्थानको सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ।

सुदूरपश्चिमले पाँच खेलबाट आठ अंक जोडेको छ। एक खेल बढी खेलेको कर्णाली याक्सको पनि समान अंक छ। यस्तै, चितवन राइनोजको पनि काठमाडौंको जति नै ६ अंक छ।

पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.१ ओभरमा चार विकेट गुमाउँदै १४२ रन बनायो।

काठमाडौंका एस्किनाजीले अर्धशतकीय इनिङ्स खेले। ३४ बल खेलेका उनले १० चौकासहित ६० रन बनाए। एनपिएलमा उनको यो पहिलो अर्धशतक हो। अर्का ओपनर माइकल लेभिट ३२, भीम सार्की २२ र करण केसी एक रनमा आउट हुँदा ग्रेहार्ड इरास्मस २५ रनमा अविजित रहे।

पोखराका विपिन खत्रीले सर्वाधिक तीन विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर क्रिजमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रन बनायो।

पोखराका ओपनर आन्द्रेस गौउस चल्न सकेनन्। कप्तान कुशल भुर्तेल पनि सात रनमा पभिलियन फर्किए। तर, ओपनर दिनेश खरेलले उत्कृष्ट ब्याटिङ देखाउँदै ३८ रनको योगदान दिए।

२५ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे। चौथो नम्बरमा आएका दिलिप नाथले पनि २७ रन थपिदिए। यही खेलमा डेब्यु गरेका आकर्षित गोमेल आठ, माइकल लीस्क एक, नारायण जोशी शून्य रनमा आउट हुँदा रोमन रेइफर ४१ रनमा अविजित रहे।

३० बल खेलेका उनले एक चौका र तीन छक्का प्रहार गरे। काठमाडौंका करण र राशिद खानले सानदार बलिङ देखाउँदै समान तीन विकेट लिए। ग्रेहार्ड इरास्मस र माइकल लेभिटको नाममा समान एक विकेट रह्यो।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी