एनपीएलको प्लेअफ समीकरण पूरा,शीर्ष चार टोलीको टुंगो



काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण पूरा भएको छ। सोमबार लिग चरणको अन्तिम खेल सकिएसँगै शीर्ष चार टोलीको टुंगो लागेको हो। सुदूरपश्चिम रोयल्स लिगको ७ खेलमा ६ खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायर्स खेल्नेछ।

सुदूरले क्वालिफायर्समा अंक तालिकाको दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ। एनपीएलमा बुधबार बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्सबीच खेल हुनेछ। यो एलिमिनेटर खेल हो। यो खेलको विजेताले दोस्रो क्वालिफायर्स खेल्दै फाइनलमा स्थान बनाउने मौका पाउनेछ।

पहिलो एलिमिनेटरमा हार बेहोर्ने टिम भने स्वतः एनपीएलबाट बाहिरिनेछ। बुधबार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल अर्थातः पहिलो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ। जसको विजेता फाइनल पुग्नेछ भने, पराजित भएको टिमले दोस्रो क्वालिफायर्स खेल्नु पर्ने हुन्छ।

दोस्रो क्वालिफायर्स, पहिलो क्वालिफायर्समा हार बेर्होने टिम र एलिमिनेटरको विजेता टिमबीच हुनेछ। यो क्वालिफायर्समा विजयी हुने टिम फाइनल पुग्नेछ भने अर्को टिमले तेस्रो हुँदै फाइनल खेल्ने अवसर गुमाउनेछ।

यसरी हेर्दा शीर्ष २ मा रहेका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले १ खेलमा हार बेहोरे पनि फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछन्। तर चितवन र कर्णाली याक्सको हकमा भने एलिमिनेटर जित्दै दोस्रो क्वालिफायर्स पनि जितेमा मात्रै फाइनल यात्रा सम्भव हुनेछ। पहिलो संस्करणको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी